
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। सोही दाबीअनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । यी दलले विश्वासको मत नदिए पनि दुई तिहाइ मत पक्षमा पुर्याउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् ।







































