नेपालमा फेरी घट्यो पेट्रोलियम पदार्थको मूल्य ! पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्दा डिजेलमा कति ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटाएको छ। निगमले आज सार्वजनिक गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

CP Hospital Dhangadhi

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ। ग्यासमा बढेर आएपनि हाललाई यथावत राखिएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।

Dhnagadhi & Krishanapur