
धनगढी ः सुदूरपश्चिम प्रदेस सरकारका सामाजिक विकास राज्यमन्त्री सरश्वती खड्काले निरिक्षण गर्नु भएको छ । मन्त्री खड्काले आइतबार डडेल्धुरा जिल्लाको भित्री मधेष क्षेत्र आलिताल र परशुराम पुगि वाढि प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ ।

भाद्र २७ र २८ गतेको निरन्तरको वर्षाका कारण शुदुरपश्चिम प्रदेसका अधिकान्स जिल्लामा ,सडक,विधुत सेवा अवरुद्घ हुदा जन जीवन प्रभावित भएको थियो । जनजीवन प्रभावित भएको थियो । यसरी वर्षाका कारण डडेल्धुराको भित्री मधेष क्षेत्रमा पनि,खेतीयोग्य जमिन,सिचाइ कुलो,नहर,बस्ती र धानखेती समेत वगाएको छ । उक्त समस्या भएको समाचार,सामाजिक सञ्जाल वाट थाहा पाउने वितिकै राज्यमन्त्री खड्का भित्री मधेषको वाढि प्रभावित क्षेत्रको निरिक्षणमा पुग्नु भएको हो ।

यहाँ पुगेर उहाले जनताको अभिवाबकत्व देखाएको पाइन्छ भने, यो वर्ष वजेट अन्तिम चरणमा पुगि सकेको र भाद्र ३१ गते प्रदेसको वजेट सार्वजनिक हुने भएका कारण अब आउदो आर्थिक वर्षमा यहाको तटबन्धका लागि तयार भएको गुरुयोजना अनरुप वजेट विनियोजन गरिने उहाले बताउनु भयो । तत्काल प्रदेशवाट के गर्न सकिन्छ त्यो पहल कदमी गरिने समेत उहाले वताए ।

राहत उद्दारमा स्थानीय सरकार,विभिन्न गैरसरकारी सरकारी क्षेत्र वाट हुने गरेकोमा दिगो रुपमा परशुराम र आलितालको भुगोल अनरुप पक्कि तटबन्धका लागि वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्दता उहाले गरिन । आइतबार मध्यान्ह १२ वजे परशुराम १२ कैनपानी ,तुलाभाड,आमपानी,रङ्गुन नदिको प्रभावित क्षेत्रको निरिक्षण गरि इलाका प्रहरी कार्यालय जोगबुडामा सलामी ग्रहण गरि परशुराम ९ र परशुराम ४ कटाल,परशुराम ५ परिगाउ,परशुराम तीर्थमा पुगि वाढि प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको हो ।































