मानव अधिकार लाई सुनिश्चित गनुपर्ने मनोसमाजिक भएका ब्यक्तिहरुको भनाई

Image
Nisarga Hospital

धनगढी ः मनोसमाजिक भएका ब्यक्तिहरुको मानव अधिकार लाई सुनिश्चित गनुपर्ने एक कार्यक्रमका सहभागिले बताए । राज्यका निकायहरुले मनोसामाजिक भएका अपाङ्गहरु लाई अहिले पनि विभेद गरेका कारण स्थानीय तह र प्रदेशामा उनिहरुको अर्थपुर्ण सहभागिताका लागी काम गनु पर्ने बताए ।

CP Hospital Dhangadhi

कोशिश कैलालीको आयोजनामा बुधबार धनगढीमा सुदुरपश्चिम प्रदेशमा मनोसामाजिक अपाङगताको सवाल लाई लियर पत्रकारहरुसंग भएको एक दिने छलफल कार्यक्रमका सहभागिले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङग्ताको सवाललाई स्थानीय तह र प्रदेश सरकारले निती तथा कार्यक्रममा समावेश गर्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले अहिले सुदूरपश्चिम प्रदेशमा २७ हजार भन्दा बढी विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्ति मध्ये २ हजार ४ सय जति मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु रहेको दावी गरे । उनले पछिल्लो समय अपाङ्ता भएका मानिसको संख्या बढ्दै गएपनि राज्यले त्यसमा उचित ध्यान दिन नसकेको गुनासो गरे ।

Attariya Hospital

त्यस्तै कोशिश कैलालीलका अध्यक्ष मनोज मनोज चौधरीले मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार सुनिश्चि हुनुपर्नेमा जोड दिए । उनले भन्ने मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु लाई आवश्यक पर्ने औषधी उपचार राज्यले निशुल्क गनुपर्ने बताए । त्यस्तै कोशिशका कार्यकारी निर्देशक मातृका प्रसाद देवकोटाले राज्यको स्पष्ट निती नहुदाँ मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु जहिले समस्यामा रहेको बताए । उनले सामाजिक सुरक्षामा भएका वा रहेका कमीकमजोरीलाई सच्याउन जरुरी रहेको बताए ।

nawajiwan

एक दिने छलफल कार्यक्रममा कोशिशका कार्यक्रम संयोजकले नेपालमा मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरु अवस्थाका बारेमा जानकारी दिएका थिए भने कोशिश नेपाल सुदूरपश्चिम प्रदेश परियोजना अधिकृत बसन्ती शाहीले प्रदेशको अवस्थाका बारेमा सहभागिलाई जानकारी दिईन । त्यस्तै कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावल, जिल्ला अध्यक्ष हिमाल जोशी लगायत अन्य पत्रकारको सहभागिता रहेको थियो ।