
धनगढीः नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा डोटी सिलगढीमा संविधान दिवसको अवसर पारेर यही असोज ३ गते बिहिबार हुन लागेको डोटी साहित्य उत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।


डोटी साहित्य महोत्सवको समुदघाटन सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए। उत्सवमा सुदूरपश्चिमका नौ बटै जिल्लाबाट स्रष्टाहरू सहभागी हुन लागेको अध्यक्ष साउदले बताए। कार्यक्रममा बिभिन्न स्रष्टाहरूको सम्मान, पुस्तक विमोचन,गजल तथा कविता वाचन एबम् जनप्रतिनिधिसंग साहित्य संवाद हुने बताइएको छ। नेपाली लेखक संघ डोटीले असोज ३ गते बिहान ११ बजेदेखि सिलगढी नगरपालिकाको सभाकक्षमा हुने समारोहमा सहभागिताका लागि सबै शूभेच्छुकलाई आमन्त्रण गरेको छ































