सन नेपाल लाईफद्वारा बिध्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Image
Nisarga Hospital

धनगढी: सन नेपाल लाईफ ईन्साेरेन्स कम्पनी लिमिटेडले साताै बार्षिकाेत्सवका अवसरमा बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । शुक्रबार साताै बार्षिकाेत्सवकाे अवसरमा धनगढी उपमहानगर ७ वेलीमा रहेकाे राष्ट्रिय माबिमा अध्ययनरत ३४ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।

CP Hospital Dhangadhi

सन लाईफका प्रदेश संयाेजक लक्ष्मीकान्त जाेशीकाे अध्यक्षतामा भएकाे सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष माेती राना प्रमुख अतिथि रहेका थिए । उक्त कार्यक्रममा वाेल्दै अध्यक्ष रानाले देखिँदा सानाे भए पनि यसकाे सन्देश ठुलाे रहेकाे बताए । उनले बालवालिकालाई शिक्षामा सहयाेग गर्नु धेरै राम्राे कुरा भएकाे उल्लेख गर्दै सनलाईफलाई धन्यबाद दिए ।

Attariya Hospital

कार्यक्रममा पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जाेशी, बिद्यालयका प्रअ बब्लु चाैधरीले सनलाईफकाे उक्त कार्यकाे प्रशंसा गर्दै शिक्षामा लगानी गर्नु राम्राे काम भएकाे उल्लेख गरे । सनलाईफका धनगढी शाखा प्रमुख याेगेन्द्र अधिकार सुदूरपश्चिम लगायत देशभर यस अवसरमा विभिन्न रचनात्मक कार्य गरिरहेकाे बताए । सन लाईफका प्रदेश प्रमुख जाेशीले सुदूरपश्चिम भरी १५ ठाउँमा सनलाईफका शाखा रहेकाे जानकारी दिए । उनले सन लाईफले बिमा संगै सामाजिक कार्य गरिरहेकाे बताए । ग्राहकले छिटाे छरिताे सेवा पाउनु पर्नेमा सनलाईफ प्रतिबद्द रहेकाे बताउँदै प्रदेश प्रमुख जाेशीले समुदाय संगै सनलाईफ छ भन्ने सन्देश दिन याे कार्यक्रम गरिएकाे उल्लेख गरे ।

nawajiwan