
हत्या हुन्छ बलिको नाउँमा रगतको खोला किन बग्छ?
मन्दिर जस्तो पबित्र ठाउँमा रगतको खोला किन बग्छ?
भगवानको भोजन भनेको घ्यु हो रगत हैन ए मनुष्य हो,
फुल चढ्ने भगवानको पाउमा रगतको खोला किन बग्छ?!

मुक्तक २
म त बोल्ने यस्तै हो मेरो खैरो खन्न सक्नुहुन्छ
प्राणहत्या गरेर बस पापी मात्रै बन्न सक्नुहुन्छ
प्राणीलाई दु:ख दिई घाँटी काटेर मार्नुहुन्छ तपाईं,
अब मलाई खुसी मिल्छ कसरी भन्न सक्नुहुन्छ?!
मुक्तक ३
मेरो चाहिँ बलि प्रथाको अन्य गरौँ भन्ने बात हुन्छ
यहाँ निर्दोष प्राणी काटिन्छन् हेर्नेको ठुलै जमात हुन्छ
दर्शक पनि दिनभरी पुजा गर्छन् हौसला बढाउछन्,
अन्तमा घाँटी रेटिन्छ नसोचेको बिश्वास घात हुन्छ!




मुक्तक ४
फल चढाउँ फुलपाती चढाउ घण्टी सम्म चढाउँ
सस्कृती जोगाउँ सबै जाउँ राम्रो मेला मनाउँ
असल कामकाज गरौँ सत्य बोलौँ खुसी मिल्छ,
भगवानको नाम पुकारौँ तर बलिप्रथा हटाउँ!
पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी


































