सहकारी ठगीमा रबि लामिछाने पक्राउ, भन्छन, राजनीतिक पूर्वाग्रहविरुद्ध खुलेर लड्नुस्

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

CP Hospital Dhangadhi

सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्व गृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।

योसँगै रवि र छवि दुवै थुनामा रहने भएका छन् । गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur