पुरानो बिहान

Nisarga Hospital

CP Hospital Dhangadhi

तिमी को हौ ? आखिर

निर्जन बस्ती या हिमगिरी

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

एकल सारङ्गी या बासुरी

उड्दै गरेको बादल वा छायाँ।

तिम्रो यात्रा अनन्त, अनवरत

नाङ्गो डाँडा माथी लाग्दैछ

रितो आगोको लप्का र धुलो

रित्तिएको टहराको सम्बन्ध जाग्दैछ ।

अब एक कण धुलो पदचाप

अनि बिरक्त जिन्दगीको अवकाश

पतझर समयका यी मौसमहरू

मसानघाट र यी मृत लास ।

घरको सिढिमा असरल्ल फालेका

यो जिन्दगीभर भएका सबथोक

युद्ध, हतियार, पार्टी

बिद्रोह र आन्द्रामा अल्झिएको क्रुद्द भोक ।

यस्तै छ सगरमाथाको देश खबर

वेदना र दैनिकीको खाका

यहि हो क्रान्ति, परिवर्तन

र तिम्रो सङ्गितको माधुर्य भाका ?

यी आँखाहरू चियाउदा चियाउँदै

थाकिसके शहीद ,सालिक र चिहान

धुलाम्य,रक्ताम्य र घिनलाग्दा

उहि पुराना ती बिहान ।

Dhnagadhi & Krishanapur