कजाकिस्तानमा ६७ यात्रु सवार विमान दुर्घटना, २५ जनाको जीवित उद्धार

Image
Nisarga Hospital

कजाकिस्तानमा बुधबार ६७ यात्रुसहित उडेको एक विमान दुर्घटनाग्रस्त भएको छ। कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले दुर्घटनाको पुष्टि गर्दै २५ जनालाई जीवित उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जानकारी दिएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा परेको विमान एम्ब्रेयर १९० मा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार थिए। उक्त विमान अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित थियो।

Attariya Hospital

विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। आँधीबेहरीका कारण यसलाई रुट परिवर्तन गरी कजाकिस्तानको अक्ताउ नजिकै ‘डाइभर्ट’ गरिएको थियो। उक्त क्षेत्रमा विमान खसेपछि आगो लागेको स्थानीय अधिकारीहरूले बताएका छन्।

nawajiwan

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। थप अनुसन्धान जारी रहेको जनाइएको छ।