डोटीको अन्तराष्ट्रिय साहित्य सम्मेल प्रदेश प्रमुखले उदघाटन गर्ने

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानको आयोजनामा डोटी सिलगढीमा यही माघ अठार गते हुन लागेको बहुभाषिक अन्तराष्ट्रिय साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा। टीएन जोशीले बहुभाषिक अन्तराष्ट्रिय साहित्य सम्मेलन सुदूरपश्चिममै पहिलो पटक हुन लागेको बताए।

CP Hospital Dhangadhi

प्रतिष्ठानको आयोजना र नेपाली लेखक संघ डोटीको सहकार्यमा हुन लागेको उक्त सम्मेलनको अठार गते बिहान ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उदघाटन गर्ने कार्यक्रम रहेको उपकुलपति डा. जोशीले बताए।
कार्यक्रममा सुदूरपश्चिममा साहित्यिक पत्रकारिता अवस्था र चुनौति सम्बन्धि पनि बहस हुने बताइएको छ। प्रदेशको बहुभाषिक स्थिति बारे बिबिध कार्यपत्रसमेत प्रस्तुत हुनुका साथै प्राज्ञिक वर्गबाट टिप्पणीसमेत हुने आयोजकले जनाएको छ।

नेपाल र भारतका साहित्यकारहरू र पत्रकारहरूको उपस्थिति रहने समारोहमा सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।
नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले कार्यक्रममा साहित्यिक पत्रकारिता र भाषाका क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तिलाई सम्मानित समेत गरिने र लोक संस्कृतिसमेत प्रस्तुत हुने बताए। सम्मेलनमा दुइसय बढी स्रष्टा, लेखक, पत्रकार तथा जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur