गोदावरी नगरपालिकामा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न, ४२५ जनाले लिए सेवा

Image
Nisarga Hospital

अत्तरियाः  गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विभिन्न स्थानहरूमा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तारका लागि आयोजित यी शिविरहरूमा धेरै महिलाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

लालपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रवाह २०८१ फागुन २८ गते गोदावरी-६, लालपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा २१८ जना महिलाहरूले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। यस शिविरमा १३९ जनाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो, जसमा २ जनामा VIA Positive देखिएको छ। त्यस्तै, १९ जनाको पाठेघर खसेको समस्या व्यवस्थापन, २६ जना गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड जाँच, २ जनाको स्तन क्यान्सर स्क्रिनिङ तथा ११८ जनाको यौन संक्रमणसम्बन्धी समस्या समाधान गरिएको थियो।

nawajiwan

बल्मि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रवाह २०७१ फागुन २७ गते गोदावरी-९, बल्मि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा ११५ जना महिलाहरूले सेवा लिएका थिए। यसमा ६३ जनाको पाठेघरको मुखको क्यान्सर जाँच, १० जनाको पाठेघर खसेको व्यवस्थापन, १३ जना गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड जाँच, २ जनालाई इम्प्लान्ट सेवा तथा ४५ जनाको यौन रोग सम्बन्धी उपचार गरिएको थियो।

Attariya Hospital

कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सेवा प्रवाह गोदावरी-१२, कोल्मुडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा ९२ जना महिलाहरूले सेवा लिएका थिए। यस शिविरमा ४२ जनाको पाठेघरको मुखको क्यान्सर जाँच, ६ जनाको पाठेघर खसेको व्यवस्थापन, ११ जना गर्भवती महिलाहरूको अल्ट्रासाउन्ड जाँच, ६ जनालाई इम्प्लान्ट सेवा तथा यौन रोगसम्बन्धी समस्या समाधान गरिएको थियो।

जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीका अनुसार यस्ता शिविरहरूले महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने भएकाले नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।

गोदावरी नगरपालिकाका नगरप्रमुखले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस्ता शिविरहरू आवश्यक रहेको उल्लेख गरे।

स्वास्थ्य क्षेत्रमा सक्रियता देखाउँदै गोदावरी नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।