एसईई २०८१: राष्ट्रिय परीक्षा बोर्डले तयारी पूरा गरेको घोषणा

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा आगामी चैत ७ गते (मार्च २१, २०२५) देखि सुरु हुनेछ।

CP Hospital Dhangadhi

बोर्डका अनुसार परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रहरूमा पुगी सकेका छन्, भने केही स्थानहरूमा पु¥याउने कार्य अन्तिम चरणमा छ। जिल्ला जिल्लामा परीक्षा केन्द्र अध्यक्षहरूको अभिमुखीकरणसमेत सम्पन्न भइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

Attariya Hospital

यस वर्षको एसईई परीक्षामा ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुनेछन्। परीक्षाका लागि ५ लाख २२ हजार विद्यार्थीले आवेदन फारम भरेका थिए। बोर्डले परीक्षा सञ्चालनका लागि २ हजार ७९ परीक्षा केन्द्र तोकेको छ। सुरक्षा व्यवस्थाका लागि सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूले आवश्यक तयारी गरिसकेको जनाइएको छ।

nawajiwan

परीक्षा निष्पक्ष, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न बोर्डले आवश्यक सबै तयारी पूरा गरिसकेको छ। परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई समयमा परीक्षा केन्द्र पुग्न, आवश्यक सामग्री साथमा राख्न र परीक्षा निर्देश पालना गर्न अनुरोध गरिएको छ।