अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडी गएराति ११ः४५ बजे सुदूरपश्चिम प्रदेश ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका–४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा १२ः१० बजे मृत्यु भएको जानकारी दिए।

nawajiwan

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ। मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन्।

Advertize US