
कैलालीको चौमाला बहुमुखी क्याम्पसमा भएको सभापति चुनावमा नेवि सघ र स्वतन्त्र उम्मेदवारको बराबरी नतिजा आएको छ। नेवि सघका दिल बहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले १५५/१५५ मत ल्याएका छन्।

सचिवको पदमा नेविसंघकी प्रतिमा ओझालाई पराजित गर्दै सयुक्त अखिल प्यानलकी पुस्पा कुमारी आचार्य विजयी भएकी छिन्।
कोषाध्यक्षमा नेविसंघकी लक्ष्मी ओझा विजयी भएकी छिन्।


सदस्यको रूपमा नेविसंघबाट २ जना र सयुक्त अखिल प्यानलबाट ३ जना विजयी भएका छन्।






























