गोरखकाली मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रको विशेष पूजा

Image
Nisarga Hospital

पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखाको ऐतिहासिक गोरखकाली मन्दिरमा विशेष पूजाआजा गरेका छन्। बिहान १० बजे गोरखा दरबार पुगेका उनले दरबार अवलोकन गर्दै मन्दिरमा विधिपूर्वक पूजा सम्पन्न गरेका हुन्।

CP Hospital Dhangadhi

शाह बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित गोरखा पुगेका थिए। उनको स्वागतमा स्थानीय शिवसेना समूह र समर्थकहरूको उपस्थिति देखिएको थियो। करिब दुई घण्टासम्म उनले मन्दिरमा पूजाआजा गरेपछि पुनः आबुखैरेनी फर्किएका छन्।

Attariya Hospital

गोरखकाली मन्दिर ऐतिहासिक तथा धार्मिक रूपमा महत्वपूर्ण स्थल हो। गोरखा दरबार परिसरमा अवस्थित यो मन्दिरलाई शाहवंशीय राजाहरूले विशेष रूपमा सम्मान गर्दै आएका छन्। स्थानीयवासीहरूका अनुसार पूर्वराजाको पूजाआजा धार्मिक आस्थासँगै सांस्कृतिक पक्षसँग पनि जोडिएको छ। पूर्वराजा शाहको भोलि मनकामना मन्दिरमा पूजाआजाको कार्यक्रम रहेको छ।

nawajiwan