
नेपाली बजारमा साताको पहिलो कारोबारका दिन सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले सस्तो भएको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोकेको छ। गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटे पनि चाँदीमा भने वृद्धि देखिएको छ।

आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ।

त्यहाँ सुन प्रतिऔंस ४ हजार ७५० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय मूल्य र डलर विनिमय दरका आधारमा दैनिक मूल्य निर्धारण गर्छ।































