दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पहिलो पटक दुई सहकुलपतिको व्यवस्था

Image
Nisarga Hospital

स्वास्थ्य शिक्षाको क्षेत्रमा समन्वय बढाउन दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ऐतिहासिक निर्णय गर्दै एकैसाथ दुई सहकुलपति नियुक्त गर्ने तयारी गरेको छ। संसदीय शिक्षा, युवा तथा खेलकुद समितिको सिफारिसमा शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीले यस पदको जिम्मेवारी सम्हाल्नेछन्।

CP Hospital Dhangadhi

विश्वविद्यालयको स्रोतले जानकारी दिएअनुसार, विश्वविद्यालय ऐनमा संशोधन गरी यो व्यवस्था ल्याइएको हो। प्रधानमन्त्री कुलपतिको औपचारिक भूमिका मात्र रहने भएकाले शिक्षा मन्त्री सभापति र स्वास्थ्य मन्त्री सहसभापतिको रूपमा कार्यकारी निर्णय प्रक्रियामा सक्रिय हुनेछन्।

किन अपवादिको रूपमा दुई सहकुलपति?
स्वास्थ्य शिक्षा र सेवाको समन्वयका लागि दुवै मन्त्रालयको प्रत्यक्ष संलग्नता

nawajiwan

विश्वविद्यालयको विशिष्ट प्रकृतिलाई ध्यानमा राखी संसदीय समितिको सिफारिस

Attariya Hospital

नेपालको कुनै पनि विश्वविद्यालयमा पहिलो पटक यस्तो व्यवस्था

विश्वविद्यालय प्रशासनका अन्य पदाधिकारीमा उपकुलपति, रजिष्ट्रार, डीन लगायत अस्पताल निर्देशक रहनेछन्। यसअघि अन्तरिम व्यवस्थाअन्तर्गत मात्रै सञ्चालन भएको यस विश्वविद्यालयले अब पूर्ण रूपमा संचालन सुरु गर्ने तयारी गरेको छ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूमा एकजना सहकुलपति नै रहने गरेकोमा यो विश्वविद्यालयले नयाँ मिसाल कायम गर्दैछ।

Advertize US