आईपिएल क्रिकेटमा राजस्थानसँग चेन्नई सुपर किङ्स पराजित, नितिश रानाको उत्कृष्ट प्रदर्शन

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको छ।

CP Hospital Dhangadhi

१८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो। चेन्नईका कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन बनाए, जसमा ७ चौका र १ छक्का समावेश थियो।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिए भने वानिन्दु हसरङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए।

nawajiwan

पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १८२ रन बनायो। नितिश रानाले उत्कृष्ट प्रदर्शन गर्दै ३६ बलमा ८१ रन बनाए, जसमा १० चौका र ५ छक्का सामेल थिए। उनले ‘प्लेयर अफ द म्याच’को उपाधि जिते। कप्तान रियान परागले २८ बलमा ३७ रन जोडे।

Attariya Hospital

चेन्नईका बलरहरू खालिल अहमद, नुर अहमद, र नतिसा पाथिरानाले समान दुई-दुई विकेट लिए। नुर अहमदले यस सिजनमा ३ खेलमा ९ विकेट लिइसकेका छन्।

चेन्नई सुपर किङ्स घरेलु मैदानमा लगातार दोस्रो खेलमा पराजित भएपछि सुरुवातमै दबाबमा परेको छ, भने राजस्थानले पहिलो जित दर्ता गरेको छ।

यसअघि आइतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो। सोमबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।

Advertize US