दुर्गालक्ष्मी क्याम्पसमा ‘क्याम्पस स्टुडेन्ट्स सर्कल’ का अध्यक्षमा तारा नाथ ओझा चयन

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अन्तर्गतको ‘क्याम्पस स्टुडेन्ट्स सर्कल’ को अध्यक्षमा तारा नाथ ओझा चयन भएका छन्।

CP Hospital Dhangadhi

‘स्कुल अफ डेमोक्रेसी’ कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेको उक्त सर्कलमा ओझालाई अध्यक्ष पदमा मनोनयन गरिएको हो।

Attariya Hospital

राजेन्द्र चटौतद्वारा हस्ताक्षरित मनोनयन पत्रमा भनिएको छ, “सिक्ने र सिकाउने प्रक्रियालाई आत्मसात गर्दै संस्था स्थापना गरिएको हो। संस्थाले समाजको लोकतान्त्रिकरणलाई अभियानका रूपमा अघि बढाएको छ। सो अभियानलाई प्रभावकारी बनाउँदै लैजान तपाईँको भूमिका महत्वपूर्ण ठानी अध्यक्ष पदको जिम्मेवारी दिइएको हो।”

nawajiwan

शुक्रवार प्रदान गरिएको मनोनयन पत्र तरुण दलका गोदावरी नगर उपसभापति ललित भट्ट र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कुवेर खड्काले ओझालाई हस्तान्तरण गरेका थिए।