धनगढीमा आजदेखि पाईल्स, फिस्टुला सम्बन्धी शिविर सुरु

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिकाले आज (सोमबार) देखि पाईल्स, फिस्टुला सम्बन्धी निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुरु भएको छ । उपमहानगरपालिकाले १९ वडालाई नै मध्यनजर गरेर पाँच दिनसम्म पाँच वटा वडामा शिविर सुरु गरेको हो ।

CP Hospital Dhangadhi

उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. रविन्द्र कुमार यादवले पाईल्स, फिस्टुला भएका मानिसहरुले गोपनीयताका कारणले गर्दा रोग पालेर बस्ने र खुलेर बाहिर आउन नचाहने भएकाले भित्र–भित्र समाजमा यस्ता रोगीहरु धेरै नै भएकाले तिनीहरुको पहिचान गरी उपचार गर्नेका लागि शिविर सञ्चालन गरिएको बताए । यस रोगको उपचारका लागि अहिले क्षारसूत्र विधि धेरै प्रचलित सँग सफल उपचार विधि भएको उनले बताए ।

उपमहानगरपालिकाले आज (सोमबार) पहिलो दिन वडा नम्बर १८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र डिपो बजारमा शिविर सञ्चालन गरेको छ , भने मंगलबार वडा नम्बर १६ मा रहेको उर्मा स्वास्थ्य चौकी, घसेटा, .बुधबार वडा .नम्बर १० मा रहेको शहरी स्वास्थ्य केन्द्र, घुइयाँघाट, बिहीबार वडा नम्बर ११ मा रहेको शहरी स्वास्थ्य केन्द्र, घोड्सुवा र वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र, शिवपुरी धाममा शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

nawajiwan
Attariya Hospital

आयुर्वेद शाखा प्रमुख डा. यादवका अनुसार अहिले स्थानीय क्लिनिकहरुमा यस रोगको उपचार विधि धेरै नै महँगो छ । २५ देखि ३० हजार सम्म एउटा बिरामीको उपचार विधिमा खर्च आइरहेको छ । त्यसैलाई नै आधार मानेर जनतालाई राहत दिने हिसावले शिविर सञ्चालन गरेको उनले बताए ।

शिविरमा आएका नागरिकहरुलाई आयुर्वेद विधिबाट पहिलो चरणमा औषधी उपचारबाट नै उपचार गर्ने र औषधीबाट उपचार नभएकाहरुलाई आयुर्वेदिक क्षारसूत्र विधिबाट निशुल्क अप्रेशन गर्न शिविरको मुख्य उदेश्य रहेको उनले बताए । शिविरमा सयदेखि डेढ सय सम्म बिरामीहरु आउने लक्ष्य लिएको उनको भनाइ छ । यसमध्य तीस जना बिरामीहरुलाई निःशुल्क क्षारसूत्र विधिबाट अप्रेशन गर्न योजना रहेको उनले बताए । अप्रेशन गर्न बिरामीको संख्या बढेमा उनीहरुको पनि अप्रेशन हुने उनले बताए । दिनमा दश जना जति बिरामीहरुको अप्रेशन गर्न लक्ष्य रहेको उनको भनाइ छ ।

शिविरमा दिसा गर्दा दुख्ने, रगत आउने, मलद्धार वरपर मासु पलाएको, पिप बग्ने, चिलाउने, सुन्निने आदि लक्षण भएका रोगी (पाईल्स, फिस्टुला) सम्बन्धी निःशुल्क आयुर्वेद औषधि उपचार तथा क्षारसूत्र विधिबाट अप्रेशन गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
स्के्रनिगं गरिएका बिरामीहरुको निःशुल्क आयुर्वेद क्षारसूत्र विधिबाट अप्रेशन (शल्य चिकित्सा) गर्न वैशाख ३ गतेदेखि ५ गतेसम्म वडा नम्बर १५ कनरीमा रहेको उर्मा आयुर्वेद औषधालयमा बिरामीहरुको अप्रेशन हुने छ ।

Advertize US