सिगास गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षाफल प्रकाशित, ३ सय ७७ विद्यार्थी उत्तीर्ण

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिका स्तरीय आधारभुत तह (कक्षा ८) को परीक्षाफल प्रकाशित भएको छ । गाउँपालिकाले सोमबार आज शैक्षिक सत्र २०८१ को आधारभुत तह (कक्षा ८) को गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

CP Hospital Dhangadhi

चैत २ गतेदेखी८ गतेसम्म सञ्चालन भएको गाउँपालिका स्तरीय आधारभुत परीक्षामा सहभागी भएका ४ सय ९४ जना विद्यार्थीमध्ये ३ सय ७७ जना विद्यार्थी कक्षा ९ मा भर्ना हुन योग्य अथवा उत्तीर्ण भएका सिगास गाउँपालिका शिक्षा अधिकृत रमेश प्रसाद भट्टले जानकारी दिए । गाउँपालिका भरीका २३ ओटा सामुदायिक विद्यालयहरुमा आधारभुत तह (कक्षा ८) को परीक्षा सञ्चालन गरिएको थियो ।

गाउँपालिकाले प्रकाशन गरेको नतिजामा ८८ जना विद्यार्थीको २ विषयमा एनजी आएको छ । २४ जना विद्यार्थीको नतिजा ३ वा ३ भन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड नतिजा आएको छ ‌भने १५ जना विद्यार्थी परिक्षामा सामेल नभएको जनाइएको छ । समग्रमा गाउँपालिकाको नतिजा ७६.३१ प्रतिशत आएको शिक्षा अधिकृत भट्टले बताए ।

nawajiwan
Attariya Hospital

२ विषयमा एनजी आएका विद्यार्थीहरूको पुरक परीक्षा २०८२ बैशाख ११ र १२ गते भुवन भाष्कर मावि चमडेखर्कमा सञ्चालन गरिने गाउँपालिले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

Advertize US