केएमसिमा स्ववियु निर्वाचन : विरासत जोगाउने, फर्काउने र भत्काउनेबीच प्रतिस्पर्धा

Image
Nisarga Hospital

अत्तरिया : कैलाली बहुमुखी क्याम्पसमा भोली (बुधबार) स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने, विरासत फर्काउने र भत्काउनेबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेविसंघ विरासत फर्काउने रणनीतिमा छ भने अनेरास्ववियु पछिल्लो विरासत जोगाउने र अन्य उम्मेदवार विरासत भत्काउने योजनामा छन् ।

CP Hospital Dhangadhi

निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार क्याम्पसमा स्ववियु निर्वाचनका लागि ११ विद्यार्थी संगठन दर्ता भएका थिए । स्ववियु सभापतिका लागि छ जना चुनावी मैदानमा छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट सन्तोष पन्त सभापतिका उम्मेदवार छन् । उनी अहिले स्ववियु सचिव हुन् । नेविसंघकै अम्बिका चौधरी र तेजबहादुर मल्लले सभापतिमा बागी उम्मेदवारी दिएका छन् । मल्लले उम्मेदवारी फिर्ता नलिए पनि आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो समर्थन पन्त नेतृत्वको नेविसंघको प्यानललाई भएको घोषणा गरेका छन् ।

वर्तमान स्ववियु कोषाध्यक्षसमेत रहेकी चौधरीले स्वतन्त्र विद्यार्थी एकता समूह बनाएर चुनावी मैदानमा छन् । यस्तै, अनेरास्ववियुका तर्फबाट यमराज जोशी सभापतिका उम्मेदवार छन् । उनी वर्तमान स्ववियु सभापति पनि हुन् । अखिल (क्रान्तिकारी) बाट पवन सुनार स्ववियु सभापतिका उम्मेदवार छन् । सुनार ०७९ सालको स्ववियु निर्वाचनमा पनि सभापतिमा चुनाव लडेर पराजित भएका थिए । एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीलाई सभापतिको उम्मेदवार बनाएको छ ।

nawajiwan

यस्तै स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती, अनेरास्ववियुबाट किरणप्रसाद उपाध्याय, अनेरास्ववियूबाट खगेन्द्रप्रसाद अवस्थी, अखिल क्रान्तिकारीबाट लोकेन्द्र चौधरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लवदेव धामी र किशोर प्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा नेविसंघबाट प्रमिला शाह, अनेरास्ववियुबाट प्रकाश भट्ट, अनेरास्ववियूबाट अंगिचा चौधरी, क्रान्तिकारीबाट धर्मराज तिमिल्सिना र स्वतन्त्र विद्यार्थी एकता समूहबाट खेमराज भट्टराई उम्मेदवार छन् ।

नेविसंघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सभापति पदका उम्मेदवार पन्तले स्ववियु छात्रवृत्ति कोष स्थापना गर्दै छात्रवृत्ति वितरण गर्ने, स्मार्ट केएमसीको अवधारणा अगाडि बढाउने, विद्यार्थी सेवा केन्द्र स्थापना गर्ने, केएमसी फेस्ट आयोजना गर्ने, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने, स्टडी पार्क स्थापना गर्ने, सुविधासम्पन्न पुस्तकालय निर्माणका लागि पहल गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरे ।

Attariya Hospital

यता अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार जोशीले पनि एजेण्डा सार्वजनिक गरेका छन् । सरकारी तथा गैर सरकारी निकायसँगको समन्वयमा पढ्दै कमाउँदै अभियानको थालनी गर्ने, स्वरोजगारका तालिम सञ्चालन गर्ने, शिक्षक सेवा, लोकसेवा, बैकिंङ लगायतका कक्षालाई निरन्तरता दिने, व्यवस्थित पुस्तकालयको व्यवस्था गर्ने लगायतका एजेण्डासहित जोशी चुनावी मैदानमा छन् ।
अखिल क्रान्तिकारीका स्ववियु सभापति पदका उम्मेदवार सुनारले क्यालेण्डरअनुसार कलेज सञ्चालनका लागि पहल गर्ने, नयाँ प्रविधिबारे कक्षा सञ्चालन गर्ने, उद्यमशीलता विकास केन्द्र स्थापना गर्ने, व्यवस्थित प्रयोगशाला स्थापना गर्ने लगायतका एजेण्डा सार्वजनिक गरेका छन् ।

नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र विद्यार्थी एकता समूह बनाएर स्ववियु सभापतिमा उम्मेदवारी दिएकी चौधरी पछिल्लो दुई वर्ष कोषाध्यक्ष भएर विद्यार्थीका लागि निरन्तर काम गरेको बताउँदै चुनावी मैदानमा छिन् । उनले महिलाका लागि आत्मरक्षा तालिम सञ्चालन गर्ने, छात्रवास सञ्चालन गर्न पहल गर्ने, पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न समन्वय गर्ने लगायतका एजेण्डा सार्वजनिक गरेकी छिन् । अनेरास्ववियू र अखिल (समाजवादी) को सयुक्त प्यानलबाट सभापति पदका उम्मेदवार सुनीलराज जोशी डिजिटल केएमसी बनाउने, परीक्षा प्रणाली सुधार गर्ने र क्याम्पसमा सुशासन कायम गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गर्दै चुनावी मैदानमा छन् । कैलाली बहुमुखी क्याम्पसमा यसपटक तीन हजार ५९२ विद्यार्थी मतदाता छन् ।

पहिले नेविसंघको दबदबा, अहिले अनेरास्ववियु
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन् । त्यसमा सात जना नेविसंघ, दुई जना नेविसंघकै बागी र पाँच जना अनेरास्ववियुका छन् । क्याम्पसमा ०५१ सालअघिसम्म नेविसंघको दबदबा थियो । ०३८ सालमा नेविसंघकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रुपमा निर्वाचित भएका थिए । ०३९ सालमा बरबहादुर ठकुल्ला, ०४० सालमा टीकाराम खनाल, ०४१ सालमा पदम बिष्ट, ०४३ सालको मेघराज खड्का, ०४४ सालमा धर्मराज भण्डारी, ०४७ सालमा तपराज जोशी स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनीहरु सबै नेविसंघकै थिए ।

०५१ सालमा भएको निर्वाचनमा भने पहिलोपटक अनेरास्ववियुले बाजी मा¥यो । नेविसंघका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भए । अन्य पदमा भने नेविसंघकै उम्मेदवार विजयी भएका थिए । ०५३ सालमा नेविसंघका बागी उम्मेदवार हरि रेग्मी सभापति भए । ०५५ सालमा पनि नेविसंघका बागी उम्मेदवार प्रकाश बोगटी स्ववियु सभापतिमा निर्वाचित भए ।

०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको छ । ०५७ सालमा डेजी पाण्डे, ०६१ सालमा यज्ञराज ढुंगाना, ०७३ मा चुडामणी भट्ट र ०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए । उनीहरु सबै अनेरास्ववियु हुन् । ०७३ मा स्ववियु सभापति अनेरास्ववियुले जिते पनि सचिव, कोषाध्यक्ष र केही सदस्यमा नेविसंघका उम्मेदवार विजयी भएका थिए ।

# ट्रेण्डिङ