रवीन्द्र मिश्र र धवल शमशेर थप १५ दिन हिरासतमा रहने

Image
Nisarga Hospital

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले दुवैजनाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

CP Hospital Dhangadhi

अन्यका हकमा अदालतले २० दिनको म्याद दिएको छ । अन्यविरुद्ध संगठित अपराध र आपराधिक उपद्रो अभियोगमा मुद्दा चलाइँदैछ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर जबरसाहितलाई थप १५ दिन हिरासतमा राख्ने अनुमति दिएको जानकारी दिए ।

Attariya Hospital

मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादीलगायतलाई म्याद थप भएको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि मुद्दा अघि बढिसकेको छ।

nawajiwan

चैत १५ गते राति पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई राज्यविरुद्ध अभियोगमा मुद्दा चलाइँदैछ । तीनकुनेमा प्रहरीमाथि ढुंगा हान्न खटिएका कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका थिए । उनी इमाडोलस्थित निवासबाटै समातिएका थिए । तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा उनकै घरमा पुगेका थिए । त्यहाँबाट उनी भूमिगत भइसकेका छन् ।