नेपालको ओमानमाथि ८ विकेटको जित, युवराज खत्रीको ५ विकेट र निरज यादव-साहिल पटेलको उत्कृष्ट प्रदर्शन

Image
Nisarga Hospital

नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानमाथि ८ विकेटको शानदार जित निकालेको छ। त्रिविस्थित मुलपानी मैदानमा भएको खेलमा ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो।

CP Hospital Dhangadhi

नेपालका लागि स्पिनर युवराज खत्रीले ५ विकेट लिए। निरज यादवले ४६ र साहिल पटेलले ४४ रन बनाए। ५० ओभरको खेलमा ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो। नेपालका सन्तोष यादवले २ तथा अन्य तीन खेलाडीले १–१ विकेट लिएका छन्।

Attariya Hospital

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो। अब बुधबार नेपालले हङकङसँग खेल्नेछ। छनोटको शीर्ष टोली अर्को वर्षको यू-१९ विश्वकपमा पुग्नेछ।

nawajiwan
Advertize US