सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

Image
Nisarga Hospital

जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

Attariya Hospital

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन्। घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको उनीहरू खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

nawajiwan