अत्तरियामा भएको जगदीश कैनी हत्यामा नयाँ मोड, असली अभियुक्त पक्राउ

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा मृत अवस्थामा फेला परेका ३५ वर्षीय जगदीश कैनीको हत्या प्रकरणमा नयाँ तथ्य सार्वजनिक भएको छ। हिजोसम्म पक्राउ परेका तीनजनालाई हटाएर प्रहरीले हत्यामा संलग्न असली अभियुक्तलाई पक्राउ गरेको जनाएको छ।

CP Hospital Dhangadhi

डडेल्धुराको अमरगढी नगरपालिका–७ का स्थायी बासिन्दा हेमन्त बोहरालाई प्रहरीले कैनीको हत्या अभियोगमा पक्राउ गरेको हो। पक्राउपछि बोहराले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार बोहरा मृतक कैनीसँगै अत्तरियाको सडकपेटीमा बस्दै आएका थिए। यसअघि प्रहरीले कैनीको हत्यामा संलग्न भएको आशंकामा माओवादीका पूर्व लडाकुसहित तीन जनालाई पक्राउ गरेको थियो। तीमध्ये एकजना शारीरिक अपांगता भएका लामा थरका पुरुषले आफूले हत्या गरेको बयान दिएका थिए। तर उनका भनाइ प्रमाणित गर्न सकिने सबुत फेला नपरेपछि अनुसन्धान अर्को दिशामा मोडिएको थियो।

nawajiwan

नयाँ अनुसन्धानमा बोहराले कैनीले आफ्नो झोला र पैसा चोरेकोले रिसमा आएर हत्या गरेको बयान दिएका छन्। अर्का अभियुक्त लामाले भने मृतकले श्रीमतीलाई जिस्काउने, अपांग भएको भन्दै होच्याउने र पैसा चोरेको आरोप लगाएका थिए। तर उनले प्रहरीसँग डराएर झूटा बयान दिएको खुलेको छ।

Attariya Hospital

प्रमाण अभावका कारण प्रहरीले लामासहित तीनजनालाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको थियो। त्यही क्रममा असली अभियुक्त बोहरा पक्राउ परेका हुन्।

प्रहरी अनुसन्धानमा बोहरा घटना राति कैनीको हत्या गरेर फरार भएका थिए। हत्या भएको भोलिपल्ट बिहान दुर्गा मन्दिर पछाडि कैनीको शव फेला परेको थियो। हत्या गरेपछि उनी अत्तरियाबाट भागेर धनगढीको चौलानी होटलमा काम गर्न पुगेका थिए।

बुधबार बोहरा घर जाने भन्दै होटलसँग दुई हजार रुपैयाँ लिएर विदामा निस्केका थिए। तर उनी घर नगई दुर्गा मन्दिरमै गएका थिए। प्रहरीको निगरानीमा रहेका बोहरा त्यहीँ पुगेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

# ट्रेण्डिङ