घरभन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसमी विवरण, देशभर आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा मुख्यतया स्थानीय वायु र पश्चिमी वायु प्रणाली सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभाव पनि नेपाली मौसममा परेको छ।

CP Hospital Dhangadhi

यसको असरले कोशी प्रदेशलगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अधिकांश स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना छ। यो अवस्था राति पनि जारी रहनेछ।

nawajiwan

महाशाखाले सातै प्रदेशमा सम्भावित चट्याङ्ग, वर्षा र हिमपातले कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Advertize US