सुदूरपश्चिमका २ लाखभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा दुई लाख १० हजार चार सय ४४ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने भएको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य निर्देशनालय डोटीको समन्वयमा शनिबार र आइतबार सञ्चालन हुने अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा बालबालिकालाई औषधि खुवाइने छ। स्वास्थ्य निर्देशनालय डोटीका पोषण कार्यक्रमका फोकल पर्सन मिनराज जोशीका अनुसार ६ महिनादेखि ११ महिनासम्मका २६ हजार ४४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ।

Attariya Hospital

त्यस्तै, १२ महिनादेखि ५९ महिनासम्मका एक लाख ८४ हजार चार सय बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइनेछ। प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा ६२ हजार चार सय नौ जना बालबालिकालाई औषधि खुवाइने छ। त्यसपछि कञ्चनपुरमा ३७ हजार पाँच सय ५४, अछाममा २१ हजार ६२, बैतडीमा २० हजार सात सय १८, डोटीमा १९ हजार ८० जना बालबालिकालाई औषधि खुवाइने छ।

nawajiwan

यस्तै बझाङमा १५ हजार छ सय ५१, बाजुरामा १२ हजार तीन सय ४३, डडेल्धुरामा ११ हजार सात सय २५ र सबैभन्दा कम दार्चुलामा नौ हजार नौ सय चार जना बालबालिकाले यो सेवा प्राप्त गर्ने छन्।जोशीका अनुसार बालबालिकालाई समयमै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि छ हजार ६५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ। उनका अनुसार, यस अभियानले बालबालिकाको पोषण सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

# ट्रेण्डिङ