लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको पद तथा गोपनियताको सपथग्रहण सम्पन्न

Image
Nisarga Hospital

कैलाली: लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । नेपाल लोकतान्त्रिक निर्माण ब्यबसायी संघका केन्द्रीय उपसंयोजक एबम नेपाल निर्माण ब्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बहादुर सेठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन अधिकृत ओम राज पाठकले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

CP Hospital Dhangadhi

यस अघि भएको लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनबाट निरन्जन शाहको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन भएको थियो ।

कार्य समितिको उपाध्यक्षमा किरण रावल र नेत्र मगर निर्वाचित भएका छन । त्यस्तै महासचिवमा डम्बर चन्द, उपमहासचिवद्वयमा टेकराज जोशी र दीपक सिंह ऐर, कोषाध्यक्षमा सिद्धराज भट्ट, सहकोषाध्यक्षमा जयन्ती शाह निर्वाचित भएका छन ।

nawajiwan
Attariya Hospital

यसैगरि सदस्यहरुमा महेन्द्र शाह, प्रतापजंग कुंवर, छपेन्द्र कडाल, नरेन्द्रराज अवस्थी, रिसिकेश चौधरी, दिलिप रोकाया, उमेशराज पाण्डेय र रुद्र पन्त निर्वाचित भएको निर्वाचन अधिकृत ओम राज पाठकले जानकारी दिए ।

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ कैलालीको प्रथम जिल्ला भेला तथा अधिबेशनमा प्रदेश संयोजक मदन कुंवर, नेपाल निर्माण ब्यबसायी महासंघका केन्द्रीय सल्लाहाकार टेक बहादुर सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, केन्द्रीय सदस्यहरु दिनेश सिंह, किशोर ठकुराठी, यमुना भट्ट लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

Advertize US