सुदूरपश्चिमेली इजरायल समाजमा कृष्ण चौधरी

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेशमा घर भई हाल कामको सिलसिलामा इजरायल रहेका सुदूरपश्चिमेलीहरुको एक भेलाले इजरायलमा सुदूरपश्चिमेली नेपाली समाज गठन गरेका छन् ।

CP Hospital Dhangadhi

अनलाइन भर्चुअल मार्फत भएको प्रथम अधिवेशनले धनगढी घर भई हाल इजरायल रहेका कृष्ण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा आशिका कुमारी भण्डारी, उपाध्यक्ष नविन जोशी, महिला उपाध्यक्ष भावना साउँद, महासचिव विनोद कुमार ठगुन्ना, सचिव नवराज विष्ट, कोषाध्यक्ष खगिसरा बुढा(ज्योती), सहकोषाध्यक्ष जीवन डगौरा, नेपाल संयोजक अनिता शाह, महिला संयोजक निर्मला तिमिल्सैना, सदस्यहरु नरेन्द्र सिंह विष्ट, राजेश राना, धर्मदास राना, निरुता खड्का सिराडी, नन्दकली राना रहेका रहेका छन् ।

nawajiwan
Attariya Hospital

प्रथम अधिवेशको उद्घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले इजरायलमा रहेका सुदूरपश्चिमका युवाहरु एक सुत्रमा बाँधिने प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए । उनले आफ्नो जन्मभूमि सम्झिएर केही गर्ने प्रयासको थालनी गरेको भन्दै सुदूरपश्चिमेली समाजको तारिफ गरे ।

इजरायलमा बस्दै आएका कैलालीका रमेश जोशीले सञ्चालन गरेको कार्यक्रको अध्यक्षता लामो समयदेखि इजरायलमा बस्दै आएका तदर्थ समितिका अध्यक्ष विष्णु चौधरीले गरेका थिए भने आशिका भण्डारीले स्वागत गरेकी थिइन् । कार्यक्रममा अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाजका अध्यक्ष शेरबहादुर राउत, संस्थापक अध्यक्ष एंबम संरक्षक धनराज बलायर, सुमी शाह, ज्योती शर्मा, एनआरएनका इजरायलका महासचिव अलि मियालगायतले शुभकामना मन्तव्य राखेका थिए । विश्वका २२ वटा देशमा सुदूरपश्चिमेली राष्ट्रिय समाज नेपालको गठन भएको छ ।
Puspraj

Advertize US