मुख्यमन्त्री शाहको टोली दिल्लीका विभिन्न क्षेत्र अवलोकमा

Image
Nisarga Hospital

भारत भ्रमणमा रहनु भएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिल्लीका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्नु भएको छ।

CP Hospital Dhangadhi

औपचारिक भ्रमणमा रहनु भएका मुख्यमन्त्री शाहले बुधबार यमुना नदीको पश्चिमी किनार राजघाटमा महात्मागान्धी समाधिस्थलमा माल्यारोपण तथा श्रद्धाञ्जली ब्यक्त गर्नुभयो । त्यसैगरी बुधबार नै मुख्यमन्त्री शाहले भारतका लागि नेपाली राजदुत शंकर शर्मासँग दुतावासमा स्वागत भेटघाटमा सरिक हुनुभयो ।

Attariya Hospital

पुर्वनिर्धारित कार्यतालिका अनुसार स्वामी बिबेकानन्द अन्तरास्ट्रिय फाउन्डेसनसँग अन्तरक्रियामा सहभागी हुनु भएका मुख्यमन्त्री शाहले उद्योगपतिसँगको छलफलमा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनवारे जानकारी गराउनु भयो ।उहाँले दिल्लीको मेट्रो रेल वे स्टेसन र लोक सभा र राज्य सभाको समेत अवलोकन गर्नु भएको छ। भारत सरकारको निमन्त्रणामा बैशाख १६ गते मुख्यमन्त्री शाह नेतृत्वको उच्चस्तरीय सरकारी टोली एक साताको लागि त्यसतर्फ प्रस्थान गरको थियो ।

nawajiwan