उडिसास्थित केआईआईटी विश्वविद्यालयमा पुन: एक नेपाली छात्राको आ*त्मह*त्या

Image
Nisarga Hospital

भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली छात्राले आत्महत्या गरेको पुष्टि भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै घटनाको जानकारी दिएको हो।

CP Hospital Dhangadhi

बारा सिम्रौनगढकी ती छात्रा बिहीबार साँझ ‘क्विन्स क्यासल–४’ (QC–4) नामक छात्रावासको चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। विश्वविद्यालयले दिएको जानकारीअनुसार नियमित जाँचको क्रममा करिब साढे ७ बजे उनले ढोका नखोलेपछि बलपूर्वक कोठामा प्रवेश गरिएको थियो। त्यसपछि उनी मृत अवस्थामा भेटिएको दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले जानकारी दिए।

Attariya Hospital

उनका अनुसार विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावासलाई प्रारम्भिक विवरण प्रदान गरिसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

nawajiwan

यसअघि पनि सोही विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ गते छात्रावासमा मृत फेला परेकी थिइन्। लगातार दोहोरिँदै गइरहेका यस्ता घटनाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षामा प्रश्न उठेको छ।

Advertize US