नीति तथा कार्यक्रममा ७ बुँदे सहमति समावेश गर्न बलायरको माग

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले कांग्रेस र एमालेबीच गत असार १७ गते भएको ७ बुँदे सहमति सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न माग गरेका छन्।

CP Hospital Dhangadhi

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बलायरले उक्त सहमति गठबन्धन निर्माणको आधार भएको र त्यसलाई बेवास्ता गरेर अगाडि बढ्न नहुने बताए। “गठबन्धन बनाउँदा भएका सहमति नीति तथा कार्यक्रममा समावेश नगरी हाम्रो उद्देश्य परिपूर्ण हुँदैन,” उनले भने।

बलायरले वर्तमान सरकार नेपाली राजनीतिका लागि अन्तिम अवसर भएको उल्लेख गर्दै दुई ठूला दल मिलेर बनेको सरकार जनअपेक्षा अनुसार अघि बढ्नुपर्ने धारणा राखे। कांग्रेस सत्तारूढ साझेदार भएकाले सरकारका कामप्रति दुवै पार्टी जिम्मेवार हुने उनले स्पष्ट पारे।

nawajiwan
Attariya Hospital

उनले सत्तारूढ नेताहरूको अभिव्यक्ति संयमित हुनुपर्ने बताउँदै अतिरञ्जित र ‘स्टन्टबाजी’ शैलीमा अभिव्यक्ति दिन नहुने उल्लेख गरे। “प्रधानमन्त्रीलाई अप्ठ्यारो परे दलहरूबीच संवाद गरेर समाधान खोज्नुपर्छ,” उनले भने।

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा समेत उनले योग्य र सक्षम व्यक्ति चयन गर्नुपर्नेमा जोड दिए। “व्यक्ति कुन पार्टीको हो भन्ने होइन, मुलुकलाई आर्थिक रूपमा उकास्न सक्ने क्षमताको मूल्यांकन हुनुपर्छ,” बलायरले उल्लेख गरे।

Advertize US