गोदावरीमा जेष्ठ नागरिक तथा अपाङ्ग उत्थान समाजको भवन उद्घाटन

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका–११, ओलानी, कैलालीमा जेष्ठ नागरिक तथा अपाङ्ग उत्थान समाजको तीन कोठे पक्की भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको २५ लाख र गोदावरी नगरपालिका वडा नं. ११ को ३ लाख रुपैयाँको आर्थिक साझेदारीमा सम्पन्न भएको उक्त भवनको उद्घाटन नगर प्रमुख बिरेन्द्र भट्टले गरेका हुन्।

nawajiwan
oplus_2

उक्त उद्घाटन समारोहमा नगर प्रमुख भट्टले जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरू समाजको सम्मानित हिस्सा भएको बताउँदै यस्तो भवनले उनीहरूलाई संगठित भई सामाजिक गतिविधिमा सक्रिय बनाउने बताए। “विदेश पलायनका कारण धेरै वृद्धवृद्धा घरमै एक्लोपन महसुस गर्दै हुनुहुन्छ। यस्तो केन्द्रले उनीहरूलाई एक आपसमा भेटघाट गर्ने, भावना साटासाट गर्ने र मानसिक रुपमा सहयोग प्राप्त गर्ने अवसर दिनेछ,” भट्टले भने।

oplus_2

विशिष्ट अतिथि वडा नं. १२ का वडा अध्यक्ष भीम खड्काले पनि वृद्ध तथा अपाङ्ग जनताको जीवन सहज बनाउन यस्ता संरचनाको निर्माणले ठूलो महत्व राख्ने धारणा व्यक्त गरे। “हामी सबै मिलेर जेष्ठ नागरिक र अपाङ्गमैत्री समाज निर्माण गर्नुपर्ने बेला आएको छ,” खड्काले भने।

Attariya Hospital
oplus_0

कार्यक्रमको अध्यक्षता गरेका वडा नं. ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाले भवन निर्माणमा सहयोग पुर्‍याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै भवन सञ्चालनको लागि आवश्यक सामग्रीको अभाव रहेको जानकारी दिए। उनले नगरपालिकासँग आवश्यक भौतिक सामग्रीको व्यवस्था गरिदिन अनुरोध पनि गरे।

oplus_0

कार्यक्रममा जेष्ठ नागरिक समाजका अध्यक्ष नर बहादुर कुन्जेडा, अपाङ्ग उत्थान समाजका अध्यक्ष नरदिप धामी, समाजसेवी, बुद्धिजीवी, महिला प्रतिनिधि, स्थानीय बासिन्दा तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सदस्य कुमार सिंह बडैलाले गरेका थिए भने स्वागत मन्तव्य गंगा देवी खड्काले राखेकी थिइन्।

oplus_0

उक्त भवन अब वृद्धवृद्धा र अपाङ्ग व्यक्तिहरूको हेरचाह, सेवा, तालिम तथा विविध सामाजिक कार्यक्रम सञ्चालन गर्न प्रयोग गरिनेछ। स्थानीय तहले यस्ता जनमुखी संरचना निर्माणमा लगानी गर्न थालेपछि सामाजिक समावेशीकरणको बाटो अझ स्पष्ट हुँदै गएको स्थानीय नागरिकहरूले बताएका छन्।