सगरमाथा संवाद आजबाट सुरु: जलवायु, पर्वत र मानवताको भविष्यबारे अन्तर्राष्ट्रिय विमर्शका लागि १७५ विदेशी पाहुना काठमाडौंमा

Image
Nisarga Hospital

नेपाल सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौँमा सुरु भएको छ। “जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य” भन्ने नाराका साथ सुरु भएको तीनदिने सम्मेलन जेठ ४ गतेसम्म चल्नेछ।

CP Hospital Dhangadhi

संवादमा चीन, भारतसहित १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल तथा १७५ विदेशी पाहुना सहभागी छन्। सम्मेलनमा सहभागीमध्ये करिब त्यत्तिकै संख्यामा नेपाली प्रतिनिधिहरू पनि छन्। उद्घाटन समारोहमा भारत, चीन, अजरबैजान (कोप–२९ अध्यक्ष राष्ट्र) तथा संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसको सन्देश प्रस्तुत गरिने कार्यक्रम छ।

संवादमा एक ‘प्लेनरी सेसन’सहित जलवायु र पर्वतीय विषयमा केन्द्रित विभिन्न समानान्तर सत्र तथा साइड इभेन्टहरू आयोजना हुनेछन्। सहभागीहरूले जलवायु संकट, हिमाली वातावरण संरक्षण, र समाधानका उपायबारे गहिरो छलफल गर्नेछन्।

nawajiwan
Attariya Hospital

सम्मेलनमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत ६१ अन्तर्राष्ट्रिय तथा स्वदेशी संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र र नागरिक समाजको सहभागिता छ। अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउने पर्वतीय उडानको व्यवस्था गरिएको छ भने ‘काठमाडौँ घोषणा’ जारी गरिनेछ।

प्रधानमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। सगरमाथा संवाद हरेक दुई वर्षमा आयोजना गरिनेछ, जसले जलवायु संकट समाधानमा नेपालको भूमिका र अनुभव विश्वसमक्ष प्रस्तुत गर्नेछ।

# ट्रेण्डिङ