
कास्की: मंगलबार दिउँसो कास्कीको सिनुवा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

यस भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका आसपासका जिल्लामा समेत महसुस गरिएको बताइएको छ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्कामलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।






























