आईपीएल प्लेअफको पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु भिड्दै

Image
Nisarga Hospital

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफ चरण आजदेखि सुरु हुँदैछ। पहिलो क्वालिफायरमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) भिड्दैछन्। खेल बेलुका पौने ८ बजे न्यू चण्डीगढमा सुरु हुनेछ।

CP Hospital Dhangadhi

लिग चरणमा समान १९ अंकसहित पञ्जाब पहिलो र बेंगलुरु दोस्रो स्थानमा रहे। नेट रनरेटका आधारमा पञ्जाबले शीर्ष स्थान हासिल गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो। आजको खेल विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले गुजरात र मुम्बईबीचको इलिमिनेटर विजेतासँग दोस्रो अवसर पाउनेछ।

पञ्जाब र बेंगलुरुले लिग चरणमा एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गरेका थिए, जसमा दुवैले एक–एक खेल जितेका थिए। पञ्जाब ११ वर्षपछि पहिलो पटक प्लेअफ पुगेको हो भने बेंगलुरु पछिल्ला ६ वर्षमा पाँच पटक प्लेअफ पुगिसकेको छ।

nawajiwan
Attariya Hospital

पञ्जाबको बलियो पक्ष ब्याटिङ मानिन्छ। ओपनर प्रभसिमरन सिंह र प्रियान्श आर्या, कप्तान श्रेयस अय्यर, नेहाल वधेरा, शशांक सिंह, जोश इङ्लिस र मार्कस स्टोइनिसले सशक्त प्रदर्शन गरिरहेका छन्। बलिङमा अर्शदीप सिंहको भूमिका महत्वपूर्ण हुनेछ।

बेंगलुरुका लागि ओपनर फिलिप साल्ट र विराट कोहलीले राम्रो सुरुवात दिलाइरहेका छन्। कप्तान रजत पाटिदार र जितेश शर्माको योगदान पनि निर्णायक बन्न सक्छ। बलिङमा जोश हेजलवूडको सम्भावित पुनरागमनले पञ्जाबको आक्रामक ब्याटिङविरुद्ध चुनौती पेश गर्न सक्छ।

Advertize US