सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

Image
Nisarga Hospital

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

CP Hospital Dhangadhi

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेष्ठ नागरिकसहित लक्षित वर्गका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न यो रकम छुट्याइएको जानकारी दिएका हुन्।

उनका अनुसार जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, अल्पसंख्यक तथा अन्य जोखिममा रहेका वर्गलाई नियमित रूपमा भत्ता उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाइनेछ।

nawajiwan
Attariya Hospital

त्यसका साथै, शिक्षाको गुणस्तर सुधार गर्न सरकारले शिक्षकहरूलाई आवधिक रूपमा तालीम दिने नीति लिएको छ।

सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै समावेशी विकास र सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्य सरकारले लिएको देखिन्छ।

Advertize US