खेलकुद क्षेत्रको बजेट तीन गुणा बढ्दै, ६ अर्ब ८ करोड विनियोजन

Image
Nisarga Hospital

सरकारले खेलकुद क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा तीन गुणा बढी हो।

CP Hospital Dhangadhi

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रमा पूर्वाधार निर्माणदेखि उच्च उचाइ (हाइ अल्टिच्युड) खेल कार्यक्रमसम्म सञ्चालन गरिने जानकारी दिए। चालु वर्षमा खेलकुदका लागि २ अर्ब ५८ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो।

Attariya Hospital

बढ्दो बजेटसँगै खेलकुद क्षेत्रको संरचनात्मक विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका तयारी, युवा सहभागिता र प्रतिभा अभिवृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan

सरकारको यस निर्णयले खेलकुदलाई रोजगारी, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने दीर्घकालीन रणनीतिलाई सघाउने संकेत पनि गरेको छ।

Advertize US