
राजावादी समूहले आज पनि काठमाडौंमा आन्दोलन जारी राख्ने भएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइमा र सबै राजावादी नेताहरूको सहभागितामा राजधानीमा प्रदर्शन हुँदैछ। उपत्यकाबाहिरबाट मानिसहरू झिकाएर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनलाई तीव्र बनाउँदैछन्।

बिहीबारदेखि सुरु भएको राजधानी केन्द्रित आन्दोलनलाई निरन्तरता दिइने जनाइएको छ। रत्नपार्कस्थित शान्तिबाटिकामा आज दिउँसो १२ बजेदेखि प्रदर्शन सुरु हुने जानकारी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दिएका छन्।

यता, राजसंस्थाका पक्षमा सक्रिय दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपाको आन्दोलनमा सहभागी नहुने र आफ्नो प्रदर्शन शुक्रबारदेखि माइतीघर केन्द्रित हुने जनाएको छ।

राजसंस्थाको बहालीको मागसहित सुरु भएको आन्दोलन राजधानीको केन्द्रमा तीव्र बन्दै गएको छ। सुरक्षा व्यवस्था कडा बनाइएको छ।



























