आजका लागि सुदूरपश्चिम सहित कोशी, गण्डकी र कर्णाली केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

CP Hospital Dhangadhi

कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा, र अन्य उच्च भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

Attariya Hospital

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती, गण्डकी लगायत अन्य पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

nawajiwan
Advertize US