देशभर बदली मौसम, वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

Image
Nisarga Hospital

देशका विभिन्न भागमा सक्रिय पश्चिमी, स्थानीय तथा मनसुनी वायुले देशभर मौसममा बदलीको अवस्था ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएको छ भने बाँकी पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर छ।

CP Hospital Dhangadhi

देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेस र पहाडी क्षेत्रमा बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली देखिनेछ।

Attariya Hospital

राति कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीका पहाडी र उच्च पहाडी क्षेत्रहरूमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको छ। उच्च हिमाली भेगमा हल्का हिमपात हुन सक्ने सम्भावना छ।

nawajiwan

मौसममा देखिएको यस प्रकारको परिवर्तनले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।