लोक देउडा गीत ‘रैबार पुगेनकी’ सांगितिक कोशेली बजारमा

Image
Nisarga Hospital

अत्तरियाः देउडा संगीतप्रेमीहरूका लागि एक हर्षको खबर! लोकसंगीतमा मौलिकता र आधुनिक स्वादको समिश्रण गर्दै ‘रैबार पुगेनकी’ बोलको नयाँ देउडा गीत सार्वजनिक भएको छ। Music TV Nepal को प्रस्तुति स्वरूप आएको यस गीतले सुदूरपश्चिमेली सांगीतिक भावनालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

गीतमा स्वर दिएका छन् चर्चित गायक प्रकाश जेठारा र मनमोहक आवाजकी धनी देबी घर्तीले। हृदय स्पर्श गर्ने गीतका शब्दहरू हर्क बिबस खनालको कलमबाट निस्किएका हुन् भने, संगीत पनि गायक प्रकाश जेठाराकै सिर्जना हो। गीतको एरेन्ज बिनोद बाजुराली, मिक्सिङ खडक बाजुराली, रेकर्डिङ सागर बाजुराली द्वारा सम्पन्न भएको हो। यो सबै मालाश्री स्टुडियोमा तयार गरिएको हो।

भिडियो पक्षमा पनि गीतले सशक्त उपस्थिति देखाएको छ। निर्देशक रमेश बिजुली बिसी को निर्देशनमा तयार भिडियोमा रमेश बिजुली बिसी, बबिता सिंह, नवराज रिमाल, एलडी भट्ट र सरोज रोकायाको दमदार अभिनय देख्न सकिन्छ। क्यामेराको जिम्मा अमृत उपाध्यायले सम्हालेका छन्, जसले दृश्यलाई जीवन्त बनाएका छन्।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमेली संस्कृतिको झल्को दिने यो गीतले घर–परिवार, प्रेम र सामाजिक सम्बन्धलाई गहिरो रुपमा उजागर गर्दै आम दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको छ।

‘रैबार पुगेनकी’ हेर्न/सुनन् नछुटाउनुहोस्

Advertize US