प्रतिनिधि सभा बैठक आज दिउँसो, बजेटमाथि छलफल र ‘निजामती सेवा विधेयक’ पेस हुने

Image
Nisarga Hospital

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।

CP Hospital Dhangadhi

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ।

Attariya Hospital

यद्यपि, प्रमुख विपक्षी दललगायतका प्रतिपक्षीहरूद्वारा संसदमा भइरहेको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। ‘भिजिट भिसा’ प्रकरणमा अनियमितता भएको भन्दै विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन्। यसले संसदको कार्य सञ्चालन प्रभावित बनाउँदै आएको छ।

nawajiwan
Advertize US