पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

Image
Nisarga Hospital

काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रहरीले अनुरोध गरेपछि अदालतले पुर्जी जारी गरेको हो।

CP Hospital Dhangadhi

पाठकले आफ्नै युट्युब च्यानलमा प्रसारित सामग्रीमा हिल्टन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोड्दै जयवीरको सम्पत्तिको वैधता र स्रोतमाथि प्रश्न उठाएका थिए। यसप्रति आपत्ति जनाउँदै काठमाडौं नक्सालस्थित हिल्टन होटलले विज्ञप्ति जारी गर्दै कानुनी कारबाहीको चेतावनी दिएको थियो।

Attariya Hospital

हालसम्म कसले उजुरी दिएको हो भन्ने विषयमा भने प्रहरीले स्पष्ट पारेको छैन। यद्यपि हिल्टन होटलसँग सम्बन्धित विवादकै कारण पक्राउ पुर्जी जारी भएको हुन सक्ने अनुमान गरिएको छ।

nawajiwan

पत्रकार पाठकले सामाजिक सञ्जालमार्फत लगातार शक्तिशाली व्यक्तिहरूविरुद्ध आवाज उठाउँदै आएका छन्। यसपटकको विवाद पनि त्यही शृंखलाको निरन्तरता हुन सक्ने देखिन्छ।

# ट्रेण्डिङ