विश्वविद्यालय सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक छ : नैनसिंह महर

Image
Nisarga Hospital

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।

CP Hospital Dhangadhi

नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन्।

‘शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आसातित प्रगति हासिल गर्न सकिएको छैन। हाम्रोमा त लगानी नै कम छ। यहीबीच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिष्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौं। त्यो माग सम्पूर्ण रुपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ’, उनले भने।

nawajiwan
Attariya Hospital

कुनै विषय पनि राजनीतिबाट सम्पुर्ण रुपमा अलग त हुनै सक्दैन तर विश्वविद्यालयको शिक्षामा चरम दलियकरण हुनु हुदैन भन्नेमा भने आफू प्रष्ट रहेको महरले बताए।
सामुदायिक क्याम्पस समाजको समग्र शैक्षिक समस्याको पहिचान गरेर जनता स्वयमले स्थापना गरेका क्याम्पस हुन ।अहिले ३० प्रतिशत बढी विद्यार्थीहरु अध्यन गरिरहेका सामुदायिक क्याम्पसले ग्रामिण क्षेत्रमा जागरण र शिक्षामा जनताको पहुच स्थापित गर्ने कार्यमा यी क्याम्पसहरुको महत्वपुर्ण योगदान दिएका छन ।

‘शिक्षाभित्रको दलीय करण रोक्न पार्टीका शीर्ष नेताहरूको प्रतिवद्धता संगै कार्यान्वयन आवश्यक छ । शिक्षा भित्रको राजनीतिकरणका सनदर्भमा महरले अगाडी ‘विद्यार्थी संघ संगठनका नेताहरू पनि पार्टीका नेता हुन्। प्राध्यापकका संघ संगठन पनि दलसँग आवद्ध छन्। अन्य कर्मचारी युनियन पनि कुनै न कुनै रुपमा दलसँगै आवद्धता हुन्छ। विश्वविद्यालयका प्रमुख पदहरुमा नियुक्तिका प्रावधान, करिकुलम निर्माण र पूर्वाधार निर्माणको विषय पनि राजनीतिको संलग्नता प्रत्यक्ष , अप्रत्यक्ष रुपमा त हुन्छ नै । ‘ राजनीतिको यस्तो संलग्नता हुँदा पनि विश्वविद्यालयलाई दलीय करणबाट टाढा राख्न सबै दलका शीर्ष नेताहरूले एक ठाउँमा उभिएर प्रतिवद्धता व्यक्त गरेर कार्यान्वयन गर्नै पर्छ,’ महरले भने।

विश्वविद्यालयको स्स्वायत्ता र प्राध्यापकहरुको प्राज्ञिक मर्यादा कायम राख्न अतिआवश्यक हुदाहुदै पनि त्यसका लागि प्राध्यापकहरूको व्यवहार पनि प्राज्ञिक मर्यादा राख्ने तरकाको सङ्लो हुन आवश्यक रहेको उनी बताउँछन्। कमजोरीका सबै प्वाल टाल्दा मात्र विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार गर्न सकिने उनले धारणा राखे।