एसईई २०८१ को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशतले ग्रेड प्राप्त

Image
Nisarga Hospital

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

शुक्रबार साँझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।

Attariya Hospital

२०७९ सालको तुलनामा यो प्रतिशतमा केही ह्रास आएको देखिएको छ।

nawajiwan

एसईई २०८१ को परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।