
नेकपा राष्ट्रिय एकता अभियान नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ। अभियान संयोजक तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमसहितका नेताहरूलाई शुक्रबार एक समारोहमार्फत पार्टीमा स्वागत गरियो।

राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभामा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए।

एमाले र माओवादी केन्द्र छुट्टिएपछि बामदेव गौतमले ‘एकता अभियान’ थालेका थिए। एमालेमा पुनः फर्किने प्रयास सफल नबनेपछि उनी अन्ततः एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

































