फेरी देशभर मनसुन सक्रिय: मनसुनको प्रभाव तीव्रहुदै चार प्रदेशमा मेघगर्जनसहित वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ, जसका कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ।

CP Hospital Dhangadhi

कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Attariya Hospital

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan

उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

वर्षासँगै भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भएकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन अनुरोध गरिएको छ।